समाज

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

देउमाई नगरपालिका–४, चित्रे बस्ने ताकबहादुर तामाङले पत्नीको हत्या गरेका छन्। घरायसी विवादका कारण उनले ४६ वर्षीया सुर्जामाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार ताकबहादुरले धारिलो हतियार (दाउ)ले घाँटीमा प्रहार गरी पत्नीको हत्या गरेका हुन्। हतियार प्रहारपछि सुर्जामायाको घटनास्थलमै मृत्यु भएको डिएसपी लालध्वज सुवेदीले बताए।  

भोजपुरको साविक ओख्रे–४ घर भएको तामाङ परिवार देउमाई नगरपालिकामा डेरी गरी बसेको थियो। हत्याका आरोपी ताकबहादुरलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको डिएसपी सुवेदीले जानकारी दिए।

प्रकाशित: २८ जेष्ठ २०७८ ०५:३६ शुक्रबार

पत्नीको हत्या