समाज

पन्ध्र वर्षअघि दुर्घटना भएको हेलिकप्टरको अवशेषसहित २ मानव अवशेष फेला

नेपाली सेनाले सन् २००६ मा दुर्घटना भएको हेलिकप्टरको अवशेषसहित २ मानव अवशेष फेला पारेको छ।

धवलागिरी बेसक्याम्पदेखि केही पर एयर डाइनेस्टीको हेलिकप्टरको अवशेषसहित २ मानव अवशेष पनि पेला पारेको जनाएको छ। सेनाले प्रेस विज्ञप्तिमार्फत् सफा हिमाल अभियान २०२१ अन्तर्गत् फोहोर संकलनको क्रममा बुधबार धवलागिरी बेसक्याम्पदेखि २०० मिटर पर दक्षिणतर्फ माउण्टेन इक्युपमेन्टसहितका २ मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किलोमिटरको इटाली बेस क्याम्पतर्फ ९ एन एसीआर लेखिएको हेलिकप्टर फेला परेको जनाएको छ।

फोहोर सफा गर्ने क्रममा भेटिएका मानव अवशेषबारे थप जानकारी नआएको सेनाले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७८ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App