समाज

लहान मालपोत कार्यालयमा बम विस्फोट, तीन जना घाइते

केहिबेर अघि अपरिचित समूहले विस्फोट गराएको लहान मालपोत कार्यालय । तस्बिरः मिथिलेश/नागरिक

मालपोत कार्यालय लहानमा केहि बेरअघि बम विस्फोट भएको छ। विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवसहित तीन जनालाई उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको लहान प्रहरी प्रमुख डीएसपी तपन दहालले जानकारी दिए।

सुरक्षाकर्मीहरु मालपोत कार्यालय भित्र विस्फोटका अवशेषहरु संकलन गरीरहेका छन्। विस्फोटमा संलग्न समूहबारे कुनै प्रमाण घटनास्थलबाट बरामद नभएको डीएसपी दहालले बताए। पर्चा पम्पलेट वा अन्य कुनै प्रमाण भेटिएको छैन। अन्य घाइतेहरुको परिचय खुलिसकेको छैन।  

भीडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ। विस्फोटक पदार्थ(कुकर बम)कसले राखेको बारे केहि खुल्न सकेको छैन। विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो। लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गरेको छ। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ।

विस्फोटक पदार्थ कसले राखेको हो खुल्न सकेको छैन। डीएसपी दहालका अनुसार घटना कसरी भयोबारे बुझ्दै छौं। घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सयमिटर उत्तर छ। इलाका प्रहरी कार्यालयको सामुन्ने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसिद बनाएको छ।

प्रकाशित: १ चैत्र २०७७ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App