समाज

कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।  

देउवा लगायत पाँचजना नेताहरु कैलाश एयरको उक्त हेलिकप्टरमा काठमाडौंबाट उडेका थिए । उनीहरु सवार हेलिकप्टर पालुङटार नगरपालिका–२ आँपपिपलमा आकस्मिक अवतरण गरेको गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए । मौसम खराबी भएको भन्दै हेलिकप्टर आँपपिपलमा अवतरण गरेको उनले बताए । मौसम खुलेपछि मात्र उड्न सक्ने गुरुङले बताए ।  

सभापति देउवा पर्वतको कार्यक्रममा सहभागि हुन हेलिकप्टरबाट जाँदै थिए । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा आयोजित कार्यक्रममा सहभागि हुन देउवा हेलिकप्टरमार्फत जाँदै थिए । सहीद हरिदत्त स्मत्ति दिवसमा सहभागि हुन देउवा सहितका नेता हेलिकप्टरबाट जाँदै थिए ।

 

प्रकाशित: १ माघ २०७७ ०७:२७ बिहीबार

कांग्रेस सभापति देउवा