समाज

यातायात व्यवसायीबाट ठगिएर अलपत्र

ठगिएपछि वालबच्चासहित सयौ अलपत्र

तस्विर:अलपत्र परेकाहरु धनगढी वसपार्कमा ।

रोजगारी नपाए पछि भोको पेटका लागि बाध्य भएर भारत तर्फ मजदुरी गर्न गइरहेकाहरु टिकट व्यवसायीबाट  ठगिएर भारतको बिच वाटोमा अलपत्र पर्ने गरेका छन । पैसा बुझाएर टिकट काटेका सयौं जना नेपाली वसवालाले नलैजाने, बिचवाटोमै उतारिदिने गर्नाले अलपत्र परेका हुन । कयौ जना भारतका विभिन्न ठाउँमा अलपत्र परेका छन । भने धनगढीवाट करिव ४० किलोमिटर दुरीमा रहेको पलियामा अलपत्र परेका सयौं  जना बालबच्चा सहित रातारात धनगढी पुगेका छन । उनीहरुले ठगी गर्नेलाई कारबाही गर्न र आफ्नो टिकट वाफत भनेर लगेको पैसा फिर्ता गराउन माग गरेका छन । सयांैको संख्यामा नेपाली ठगिदा पनि ठगि गर्नेलाई कारबाही त टाढाको कुरा ठगिएका नेपालीका पैसासमेत फिर्ता गराउन कुनै पहल भएको छैन । ठगिएर गन्तव्यमा जान नपाएका उनीहरु पैसा समेत फिर्ता नभएकाले तीन दिनदेखि धनगढीमा अलपत्र छन । पैसा  नहुदाँ खान वस्न समेत समस्या भएको उनीहरुले बताएका छन ।

धनगढी वसपार्कमा रहेको वर्दादेवी टुर एण्ड ट्राभल्सले अरामदायी र सुरक्षित यात्रा गराउने भन्दै मुम्मई लगायत भारतका विभिन्न ठाउँ जानका लागि टिकट काट्ने गरेको छ । सोझा साझा नेपालीवाट पैसा लिएर टिकट काटेपनि उक्त टिकटवाट नेपालीहरुले गन्तव्य सम्म यात्रा गर्न पाएका छैनन् । भारतीय यातायात व्यवसायीले ट्राभल्सबाट पुरानै पैसा लिनुवाँकी रहेको भन्दै उस्को टिकटमा यात्रा गराउन नसकिने भनेर टिकट–काटेका नेपालीहरुलाई यात्रा गराउन इन्कार गर्ने गरेका छन । आफू सँग भएको पैसा बुझाएर टिकट काटेका नेपालीहरुलाई भारतीय बस व्यवसायीले यात्रा गराउन नमान्दा जिविकोपार्जनका लागी मजदुरीको खोजीमा भारतका विभिन्न ठाउँमा गैरहेका सोझा साझा नेपालीहरु समस्यामा परेका छन । करिब दुईतिस सातादेखि नेपालबाट भारतको विभिन्न ठाउँमा गैरहेका यात्रु ठगिएर बिचबाटोमा अलपत्र परिरहेका छन् । ठगिएका उद्धार गर्न र दोषीलाई कारबाही गरेर नेपालीहरु ठगिनबाट जोगाउन जिम्मेवार निकायवाट पहल नभएको रोजगारीको खोजीमा भारततिर जानेहरुको दुःखेसो छ ।

यस अघि टाढाटाढा बिभिन्न ठाउँमा बिचवाटोमा गाडीवाट उतार्दा नेपालीहरु अलपत्र पर्ने गरेका थिए । सोमबार वर्दादेवी टुर एण्ड ट्राभल्स धनगढीमार्फत टिकट लिएका करिव १ सय ३० जनालाई भारतीय बस व्यवसायीले भारतको पलियाबाटै लैजान इन्कार गरेर नेपाल फिर्ता पठाईदिए । सोमवार रातारात नाकामा पुगेका उनीहरु तिन दिनदेखि धनगढीमै अलपत्र छन । आफूले तिरेको टिकटको पैसा फिर्ता नपाएकाले उनीहरु जान लागेको ठाउँ जान सकिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय र वसपार्कमा उनीहरु आफ्नो पैसा फिर्ता हुुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै धाईरहेका छन ।

‘मुम्मई जान तीन हजार दिएर टिकट काटे, पलियावाट जान नदिएर फर्काईदियो, टिकटको पैसा पनि फिर्ता नपाएर अलपत्र परेका छौं’नवदुर्गा गाउँपालिका वडा नं ३ का मानवबहादुर धामीले भने, ठगिएर हाम्रो बेजोग हुदाँ पनि कसैले सहयोग गरिरहेको छैन, ठग्नेलाई पनि कारवाही भएको छैन’

धनगढी फिर्ता भएका यात्रुहरु राति धनगढी बसपार्कस्थित वर्दादेवी टुर एण्ड ट्राभल्सको कार्यालय रहेको नेशनल होटल फर्किएका थिए । उनीहरु होटलको बाहिरी क्षेत्र र बसपार्क क्षेत्रमा चिसोमै रात कटाउन बाध्य भएका थिए ।  

भारतीय बस सञ्चालकहरुले धनगढीका ट्राभल्सहरुले ३ करोड नदिएको भन्दै टिकट काटेकालाई यात्र गराउन नमानेर गौरिफन्टा फिर्ता पठाएको उनीहरुले बताएका छन् । दुई वसमा राखेर गौरिफन्टा पुर्याइएको उनीहरुले बताएका छन । राती २ बजे गौरिफन्टा पुगेका उनीहरु वालबच्चा सहित हिडेर धनगढी वसपार्क आएर खुला अकाशमुनी चिसोमा रात काटेका थिए ।

‘रत्नागिरी जानका लागी टिकट लिएकी थिए, २ वर्षको बच्चा पनि संगै छ । रातारात बच्चा वोकेर हिड्यौ,बच्चा सहित सडकमा सुतेर रात काट्नु पर्यो, साह्रै दुःख र बेजोग भयो’घोडाघोडी नगरपालिका लठुवाका बिमला महताले भनिन्,‘ठगिएर हामीले यती दुःख पाउदाँ पनि सरकार, प्रहरी प्रशासन कसैलाई मतलव छैन ।’ आफ्नै ठाउँमा वालबच्चा पाल्न रोजगार नपाएर वाध्य भएर भारत जानेवेला ठगिदाँ समेत आफ्नो समस्या र पिडामा कोही गंभिर नहुदाँ थप पिडा भएको नरेश धामी बताउछन । ‘आफ्नो ठाउँमा वालबच्चाको भोको पेट भर्न समेत रोजगार त हामीले पाएनौं, मजदुरी गर्न भारततिर जादाँ ठगिएर ३ दिनसम्म बिच्चली हुदाँ पनि आफ्नो नागरिक नै होइनन् जस्तो कोहीलाई मतलव नभएको व्यवहारले साह्रो पिडा भएको छ ’उनले भने ।  

भारतको पलियावाट गत सोमवार फर्केका सयौ जना धनगढीमा बिचल्लीमा छन । परिवार पाल्ने कुनै उपाय नभएकाले उनीहरु फर्केर आफ्नो घर जान सक्ने अजस्थामा छैनन् ।  भारततिर जाने पैसो ट्राभल्सले फिर्ता नदिएकोले उनीहरु मजदुरीका लाथजी जान लागेको गन्तव्यमा पनि जान सकिरहेका छैनन् ।  ठगिएको पैसा फिर्ता नपाउदाँ उनी ठूलो समस्यामा छन । पैसाको अभावमा कयौलाई खान समेत पैसा नभएको बताएका छन ।

कैलालीका प्रहरी उपरिक्षक अनुप शमेशेर जवराले भारतवाट फर्काइएकाहरु धनगढीमा खान वस्न पनि समस्या भएको स्विकारेका छन । धनगढीमा टिकट काट्ने हरु र भारतिय वस व्यवसायी बिचको लेनदेनको समस्याका कारण भारततिर जाने नेपाली मारमा परेको उनको भनाई छ । भारतका वस व्यवसायीले रेसपोन्स नगर्ने भए याहाँवाट टिकट काट्नु नेपालका टाभल्सहरुको बदमासी भएको उनको भनाई छ । नेपालीहरु ठगिएको भएपनि रितपुर्वक उजुरी नआएकाले कारवाही गर्न नसकिएको उनको तर्क छ । ठाडो निवेदन आएको भएपनि त्यसका आधरामा कारवाही अगाडी बढाउन नसकिने उनको भनाई छ । गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका राजकुमार गिरीसहितका युवाहरुले संयुक्त रुपमा जिल्ला प्रहरी कर्यालयलाई पैसा फिर्ता गर्न र दोषीलाई कारवाही गर्न निवेदन दिएका थिए ।

ठगिएका नेपालहरुको पैसा फिर्ता दिलाउन समेत कुनै पहल भएको छैन ।बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको वर्दादेवी टूर एण्ड ट्राभल्सबाट टिकट लिएका १० बालबालिका, २९ जना महिला र ९१ जना पुरुष गन्तव्यमा जान नपाएर धनगढीमा अलपत्र छन ।

कोरोनाको संक्रमण देखिएसँगै भारतका बिभिन्न ठाउँवाट नेपालीहरु घर फर्केका थिए । स्वदेशमा कुनै रोजगार र आम्दानीको श्रोत नहुदाँ चल्हो नै वल्न बन्द भएपछि ठूलो संख्यामा मजदुरीको लागी भारततिर जान बाध्य भएका छन ।

आयश्रोत नभएको र आफुुसँग भएको जमिनको कमाईले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिव ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन । उनीहरु भारतमा सस्तोमा श्रम बेच्ने गरेका छन ।  

प्रकाशित: १७ मंसिर २०७७ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App