समाज

कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

पछिल्लो २४ घण्टामा थप २५ सय ६८ जनामा कोरोना संक्रमण भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख नाघेको छ। नेपालमा अहिलेसम्म संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको छ भने सक्रिय संक्रमित ३८ हजार ९ सय १२ रहेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १६ सय ६६ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ रहेको छ। पछिल्लो २४ घण्टामा २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

 

प्रकाशित: २६ कार्तिक २०७७ १०:५७ बुधबार

कोरोना भाइरस