प्रदेश १ मा शुक्रबार ४ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २ सय ६२, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन्। मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैँचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। उता झापाको विर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।
उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, तेह्रथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ६८ पुगेको छ।
प्रदेशमा ४ सय ८८ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ४ सय ७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म ७ हजार १ सय १३ जना डिस्चार्ज भएका छन्।
प्रदेशमा १ हजार ५ सय ८५ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ६० महिला र ३ सय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ५२ हजार ५ सय ९६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ७ कार्तिक २०७७ १३:१० शुक्रबार