समाज

एकै दिन थपिए १२४६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  १२ सय ४३ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ।  

 

प्रकाशित: १ आश्विन २०७७ १०:३९ बिहीबार

कोरोना भाइरस