समाज

कोरोना संक्रमित एक जनाको विराटनगरमा मृत्यु

प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या थपिदै गएको छ। विराटनगरमा कोरोना भाइरसको संक्रमणका कारण बुधबार राति थप एक जनाको मृत्यु भएको छ।

कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर ६ का ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको थियो । मृत्युपश्चात स्वाब संकलन गरेर जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको अस्पतालका आइसोलेसन इञ्चार्ज डा.लक्ष्मीनारायण यादवले जानकारी दिए।  

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले ती पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर हुँदै कोशी पुर्यामएका थिए। लाईफगार्ड अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई कोशी अस्पताल पठाएको थियो।

यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।

 

 

प्रकाशित: १ आश्विन २०७७ ०६:२२ बिहीबार

कोरोना भाइरस