समाज

पछिल्लो २४ घण्टामा थपिए ११ सय ७० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ७९ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। यस्तै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ रहेको छ। सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ। पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३६० पुगेको छ।

 

प्रकाशित: २९ भाद्र २०७७ १०:५९ सोमबार

कोरोना भाइरस