समाज

काठमाडौं उपत्यकामा थपिए ५ सय ९७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना संक्रमित  थपिएका हुन्।

यस्तै देशभर १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा उक्त रिपोर्ट आएको हो। यस्तै १ हजार १ सय ७३ जना कोरोना मुक्त भएर घर फर्केका छन्। जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २८ भाद्र २०७७ ११:०७ आइतबार

कोरोना भाइरस काठमाडौं