समाज

काठमाडौं उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२० जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ३८ जना रहेका छन्।  

देशभर १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ७ सय १ जनाको पिसिआर गर्दा १४ सय ५४ जना संक्रमित भेटिएका हुन्। यस्तै पछिल्लो पटक ९ सय ७२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ५ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २६ भाद्र २०७७ ११:०४ शुक्रबार

कोरोना भाइरस