समाज

प्रदेश १ का मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन:पोजेटिभ

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ। कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन: पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुन: परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ। रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताए। बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि हुनुअघि देखि नै उनलाई सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आईसोलेसनमा थिए।  

 

प्रकाशित: २६ भाद्र २०७७ ०५:५४ शुक्रबार

कोरोना भाइरस