समाज

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक १८ सय १८ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

अहिलेसम्म जम्मा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको  छ। यस्तै ३५ हजार ७ सय कोरोना मुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ५जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ३१७ पुगेको छ।

 

प्रकाशित: २५ भाद्र २०७७ १०:४४ बिहीबार

कोरोना भाइरस