समाज

उपत्यकामा थपिए ४६४ संक्रमित, काठमाडौंमा मात्रै ३९४

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ जना नया संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन्।  

देशभर ११ हजार १ सय ६७ पिसिआर परीक्षण गर्दा १ हजार ८१ जनामा कोरोना देखिएको छ। अहिले देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो पटक ९ सय १८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २४ भाद्र २०७७ १०:५२ बुधबार

कोरोना भाइरस काठमाडौं