समाज

प्रसूतिगृहमा कार्यरत ८ जनामा कोरोना संक्रमण

परोपकार प्रसूतिगृहमा कार्यरत ८ जनामा कोरोना संक्रमण भएको छ। अस्पतालकी निर्देशक डा. संगिता मिश्रका अनुसार नर्स, फार्मेसी तथा सुरक्षा गार्डलाई संक्रमण भएको हो। संक्रमित मध्ये दुई जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने अन्य ६ जना होम आइसोलेसनमा छन्।  

मिश्रका अनुसार अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मी र कमर्चारीहरुमा कुनै लक्षण देखिएको छैन र सुरक्षित छन्। प्रसूतिगृहको सेवा सुरक्षितरुपमा सूचारु भैरहेको उनले बताइन्। अस्पतालमा सुरक्षाका मापदण्ड अपनाउन कडाईका साथ निर्देश गरिएको मिश्रले बताइन्।

 

प्रकाशित: ७ भाद्र २०७७ १०:०२ आइतबार

कोरोना भाइरस