समाज

उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको तीन जिल्लामा ८७ जना थपिएको बताएका छन् ।  

गौतमका अनुसार काठमाडौंमा ७६ जना, भक्तपुरमा १ जना र ललितपुरमा १० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार मात्र ६२ जना थपिएका थिए । 

प्रकाशित: २२ श्रावण २०७७ १०:५९ बिहीबार

कोरोना संक्रमण उपत्यका