समाज

स्कुटरले ठक्कर दिंदा पैदलयत्रीको मृत्यु

स्कुटरले ठक्कर दिंदा भक्तपुरमा बिहीबार एक जना पैदलयात्रीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं १० भक्तपुरस्थित चागुँनारायण सडक वन्टीमा भएको दुर्घटनामा परी पैदल यात्री भक्तपुर नगरपालिका वडा नं. २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

ठक्कर दिने स्कुटी चालक चागुँनारायण नगरपालिका वडा नं. ६ छालिङ बस्ने बर्ष २२ को आशिष कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चागुँनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१५ प ७२६५ नं.को स्कुटीले पैदल यात्री मृतक सुवाललाई ठक्कर दिएको थियो। ठक्कर लगतै तत्कालै उपचारको लागि भक्तपुर अस्पताल पठाइएकोमा प्राथमिक उपचारपश्चात ट्रमा सेन्टर पठाइएको र त्यहाँ उपचार हुन नसकी थप उपचारका लागी न्युरो अस्पताल बासँबारी रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

 

 

 

प्रकाशित: २२ श्रावण २०७७ ०५:३२ बिहीबार

दुर्घटना