समाज

आफ्नै गाईगोठमा मृत भेटिए एक बृद्ध

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पा आफ्नै गाई गोठमा मृत अवस्थामा भेटिएका छन् ।

थुकिमाको बर्खेटोलमा उनी घरदेखि ४ घण्टाको पैदल दुरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार अब पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईदैं गरेको जानकारी दिए । मेरिङ्देन गाउँपालिका–५ थुकिमाका वडाध्यक्ष जयबहादुर खड्काले घटनाका बारेमा जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी प्रमुख श्रेष्ठले घटनाका बारेमा अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रकाशित: १४ श्रावण २०७७ ०४:४९ बुधबार

गाईगोठ मृत भेटिए