समाज

खाना खाएर सुतेकी महिला मृत भेटिइन्

बुधबार साँझ खाना खाएर सुतेकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् । वीरेन्द्रनगर–१, बांगेसिमलकी ५८ वर्षीया भुवनी आचार्य मृत भेटिएकी हुन् ।

‘बुधबार साँझ खान खाएर ती महिला सुतेकी रहेछिन्,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले भने, ‘बिहीबार बिहान हेर्दा मृत अवस्थामा भेटिइन् ।’ घटनाका विषय थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ असार २०७७ १२:२२ बिहीबार

महिला मृत अवस्थामा