समाज

होल्डिङ सेन्टरबाट प्रदेशमा जाने सवारीमा सामाजिक दुरी खोई ?

विदेशबाट उद्धार गरेर ल्याएका नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ छन्। विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ।  

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर छन्। सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनाले लिएको छ। विमान काठमाडौं अवतरण भएपछि सम्वन्धित प्रदेश अनुसार उनीहरुलाई होल्डिङ सेन्टरमा पुर्याउने गरिन्छ र त्यहाँबाट आवश्यक चेकजाँच पछि प्रदेशमा पठाउने गरिन्छ। विदेशबाट आएका नागरिकलाई त्यहाँ खाना खाने सुविधा पनि छ।  

होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको भनिए पनि आउने मानिसको चापका कारण अव्यवस्थित बन्दै गइरहेका छन्। सेन्टरमा आउने र त्यहाँबाट जानेहरुको अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्था गरिएको छ।

होल्डिङ सेन्टरले सम्वन्धित प्रदेशमा जानको लागि सवारी सधानको व्यवस्था समेत गर्दै आएका छन्। तर त्यसको शुल्क भने सम्वन्धित व्यक्तिले नै तिर्नुपर्ने हुन्छ। मंगलबार धुम्वाराहीको होल्डिङ सेन्टरमा पुग्दा मलेशिया र युएईबाट आएकाहरुको अभिलेखिकरण गरिदै थियो। नेपाली सेनाले उनीहरुको अभिलेख राख्ने गर्छ। पीसीआर र आरडिटी परीक्षण गरेकाहरुलाई छुट्टाछुट्टै सवारी व्यवस्था गरिएको थियो। 

गण्डकी प्रदेश जानेहरुका लागि सवारी व्यवस्थापन गर्न व्यवस्थापकहरु खटिइरहेका थिए। यत्तिकैमा एक माइक्रो बसको त्यहाँ आइपुग्यो। उक्त माइक्रोमा पीसीआर परीक्षण गरेकाहरुलाई पठाउने भन्दै सेनाका जवानहरुले नाम तयार पारे। विदेशबाट आएकाहरुको लगेज माक्रोमा राखियो। तर माइक्रोमा जाने यात्रुहरु सामाजिक दुरी कामय नभएको भन्दै गुनासो गरिरहेका थिए। सेनाले पीसीआर परीक्षण गरेर आएकाहरुलाई मात्र पठाउन लागेको भन्दै सम्झाउने प्रयास गरिरहेका थिए। पोखरासम्म पुग्ने उक्त माइक्रोमा १२ जना राखिएको थियो। आएका व्यक्तिको हेल्थ फर्म भर्न लगाएर स्वास्थ्य जाँचको नेतृत्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने गर्छन्। त्यसमा नेपाली सेनाका चिकित्सकसहितको टोलीले सहयोग गर्नेछन्।  

 

प्रकाशित: १६ असार २०७७ ०७:४६ मंगलबार

कोरोनाभाइरस होल्डिङ सेन्टर