समाज

कसरी रोकथाम गर्न सकिन्छ आत्महत्या ?

मनोविद् डा.करुणा कुँवरको सल्लाह

पछिल्लो समय विश्वमा आत्महत्याको शृंखला बढ्दो छ। विभिन्न कारणबाट आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै छ। यसरी दर्दनाक रूपमा बढिरहेको आत्महत्याको विषयमा भने गम्भीर भएर सोच्नु बेला आएको बताउँछिन मनोविद् डा. करुणा कुँवर।  

चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसले आत्महत्याको बाटो अँगाल्ने उनी बताउँछिन्। तर कारण यत्तिमात्रै होइन। आत्महत्यासम्म पुर्याउन मानिसलाई विभिन्न कारणले प्रेरित गरिरहेको उनको भनाई छ। आम नगारिकले आत्महत्याबारे खुलेर बोल्नु पर्ने आवश्यक ठान्छिन उनी।  

उनका अनुसार आत्महत्या गर्नुको मुख्य कारण भने सबैको समान हुँदैन। कसैले घरायसी सम्बन्ध कारण, कसैले प्रेमी प्रेमिकाको सम्बन्धका कारण, आर्थिक समस्याका कारण आत्महत्या गर्न खोज्छन भने कसैले अन्य कारणबाट आत्महत्या गर्न खोज्छन।  

तीमध्ये सबैभन्दा प्रमुख कारण निराशापन हो। निराशापन भनेको पागलपन होइन। जनमानसमा अझै पनि यो गलत धारणा छ।  

‘निराशापन भनेको एक किसिमको मनोरोग हो, जसमा मानिसको मन प्रायः निराश भइरहन्छ। ऊ जहिले पनि थकित रहिरहन्छ। केही काम–कुरामा मन लाग्दैन। खुसी महसुस गर्दैन। एकान्तमा बस्न रुचाउँछ’, उनी भन्छिन्,‘मनमा सधैं नकारात्मक अथवा पीर चिन्ताका कुराहरू खेलिरहन्छ। निद्रा लाग्दैन। खान रुच्दैन। शारीरिक तौल घट्छ। दिक्क लाग्ने गर्छ यस्ता यस्तो देखिन थाल्छ।’  

आम मानिसलाई मानिसक रोग लाग्ने वित्तिकै जीवन सकियो भन्ने धारणाको विकास भएको त्यो गलत हो। समय मै उसलाई उदासीपनको उच्च जोखिम बचाउन सक्यो भने आत्महत्यबाट जोगाउन सकिन्छ।

 

प्रकाशित: ५ असार २०७७ ११:५१ शुक्रबार

आत्महत्या मनोविद्