समाज

कोरोनाको बहाना देखाएर पत्रकार निकाल्ने सञ्चारगृहविरुद्ध आन्दोलनमा उत्रिने पत्रकार महासंघको चेतावनी

कोरोना महामारीको बहानमा सञ्चारगृहहरूले पत्रकारहरूलाई सेवाबाट निष्कासन गर्ने, तलब नदिनेलगायत श्रमजीवी पत्रकार ऐनविरुद्ध गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।  

मंगलबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवि पत्रकारविरुद्धका यस्ता सबै खाले क्रियाकलाप एक साताभित्र बन्द गर्न सम्बन्धित सञ्चारगृहलाई आग्रह पनि गरेको छ।  

यस अवधिभत्र श्रमजीवि पत्रकार ऐनको पूर्ण पालना गरिएको जानकारी नगराए महासंघ चरणबद्ध आन्दोलन उत्रिन बाध्य हुने चेतावनी महासचिव रमेश विष्टको हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत दिइएको छ।  

प्रकाशित: २ असार २०७७ १४:१९ मंगलबार

नेपाल पत्रकार महासंघ सञ्चारगृहहरू श्रमजीवि