समाज

बारामा सात नयाँ कोरोना संक्रमित थपिए

जिल्लाको दुई स्थानीय तहहरुमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जना र सुर्वण गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जना गरि सात जना नयाँ संक्रमित थपिएको हो।

सोमबार थपिएको संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८३ पुगेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताएका छन्।

संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने ५३ जना कलैयाको अस्थायी कोरोना अस्पताल र वीरगन्जको अस्थायी कोरोना अस्पतालमा उपचार पछि निको भएर घर फर्किएको प्रजिय पण्डितले बताए।

पचरौता १ का एक जना र २ का एक जना गरेर दुई जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ भने  सुवर्ण गाउँपालिका–२ ,७ र  ५ का गरेर पाँच जना नयाँ संक्रमित थपिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन। सुर्वणका नयाँ संक्रमित मध्ये वाड नम्बर ५ का   २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरी रहेका छन् भने तीन जना पुरुषहरु रहेको उपरीक्षक पगेनीले बताए।

नयाँ संक्रमितहरुलाई थप उपचारको लागि कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको अस्थायी कोरोना अस्पतालमा ल्याइएको उनले बताए।

 

प्रकाशित: २६ जेष्ठ २०७७ ११:०८ सोमबार

कोरोना भाइरस संक्रमित क्वारेन्टिन