समाज

दाङको कोरोना अस्पतालबाट १० जना डिस्चार्ज

दाङ  बेलभलुण्डि स्थित कोरोना विशेष अस्पतालबाट आईतबार १० जना डिष्चार्ज भएका छन्।  अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार १० जना संक्रमति निको भएर घर फर्किएका हुन्। उनिहरु मध्य बाँके नरैनापुरका ५ जना, बर्दियाका १,दाङका २ र कपिलवस्तुका २ जना रहेका छन्। अस्पतालमा उपचाररत उनिहरुमा कोरोना संक्रमण नदेखिएपछि डिष्चार्ज गरिएको उनले बताए। यसअघि यो अस्पतालबाट ८ जना डिष्चार्ज भैसकेका छन्।  

 

 

 

प्रकाशित: २५ जेष्ठ २०७७ ०४:४६ आइतबार

कोभिड १९ कोरोनाभाइरस