समाज

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। डोल्पाका जगदुल्लाका एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको हो। जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुषले सुर्खेतमा दमको उपचार गराएर घर फर्केका थिए।  

उनको २१ गते निधन भएको हो। निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा परीक्षणको लागि पठाइएको थियो। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।

 

प्रकाशित: २४ जेष्ठ २०७७ १०:५२ शनिबार

कोभिड १९ कोरोनाभाइरस