समाज

कपिलवस्तुमा एकै पटक ५२ जना संक्रमित थपिए

कपिलवस्तुमा शुक्रबार एकै पटक ५२ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेका छ । जिल्लामा यति धेरै संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । यशोधरा गाउँपालिकाका ३६, बुद्ध्भमी नगरपालिकाका २ जना पुरुष, कृष्णनगर नगरपालिकाका ११ जना र बिजयनगर गाउँपालिका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

यशोधरा गाउँपालिका वडा न ३ का वर्ष ३७ देखि ५२ सम्मका ४ जना, वडा न ४ का वर्ष ४५ का पुरुष १ जना, वडा न ५ का वर्ष ७ का बालक १ जना, वडा न ६ का वर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वडा न ७ का १५ देखि ५० वर्षसम्मका ७ पुरुष ९ कुल ३६० जना छन् । बुद्धभुमि नगरपालिका ४ का वर्ष ३६ पुरुष १ जना, वडा न ८ वर्ष २४ का पुरुष जना छन् । कृष्णनगर नगरपालिका वाड न १ का वर्ष २६,२७,२७,२७,३०,४८ का पुरुष ६ जना, वडा न २ का वर्ष १८,२३,४२ का पुरुष ३ जना, वाड न ४ का वर्ष २३ का पुरुष १ जना गरि ९ जना छन् ।  

विजयनगर गाउँपालिका वडा न ७ का वर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । शुक्रबार ३६ जना थपिएसंगै यशोधरामा मात्र ७२ जना संक्रमित पुगेका छन् । जिल्लामा ११ जना निको भई घर फर्केका छन् । 

प्रकाशित: १६ जेष्ठ २०७७ ११:४३ शुक्रबार

कोरोना भाइरस संक्रमित