समाज

प्रतिष्ठानमा कोरोना उपचार मात्रै, अन्य सेवा बन्द

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै कोरोना बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ। प्रतिष्ठानले एक सूचना जारी गर्दै अस्पतालमा कोरोनाका बिरामी राखेर उपचार गर्नुपर्ने भएकाले अन्य बिरामीहरुलाइृ स्वास्थ्य सेवा दिन नसकिने जनाएको हो। प्रतिष्ठानले यसलाई स्वास्थ्य मन्त्रालयको निर्देशन भनेको छ। यो निर्णय पश्चात घोराही क्षेत्रका अन्य रोगका बिरामीहरुलाई उपचारमा सकस भएको छ। यो निर्णयले दाङका नागरिकहरु आक्रोशित बनेका छन्।  

प्रतिष्ठान स्रोतका अनुसार मन्त्रालयले प्रतिष्ठानमा अन्य रोगका बिरामी भर्ना नलिन भनेको थियो। ‘प्रतिष्ठानमा कोरोनाका बिरामी राखेर उपचार गर्नुपर्ने भएकाले अन्य रोगका बिरामी भर्ना नलिनु भन्ने निर्देशन भयो,’ प्रष्ठिान स्रोतले भन्यो ‘यो निर्देशन पछि अन्य सबै सेवा बन्द गरेर कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय लिईएको हो।’ यसैगरि भौतिक पूर्वाधारको अभावका कारण पनि कोरोनाका बिरामीको उपचार गर्नुपर्ने अवस्थामा अन्य रोगका बिरामीहरुको उपचार गर्न नसकिने प्रशासनको भनाई छ। ‘कोरोनाका बिरामी र अन्य बिरामीहरुलाई छुट्टा छुट्टै राखेर उपचार गर्नका लागि भौतिक पूर्वाधारको कमी छ,’ स्रोतले भन्यो ‘एकै ठाउँमा राखेर उपचार गर्न सकिने कुरा पनि भएन।’ प्रतिष्ठानले अन्य रोगका बिरामीहरुलाई तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारका लागि जान पनि सुझाव दिएको छ।  

यता स्वास्थ्य मन्त्रालयले भने प्रष्ठिानलाई अन्य रोगका बिरामीको उपचार नगर्ने भनेर निर्देशन जारी नभएको दाबी गरेको छ। ‘प्रतिष्ठानले व्यवस्थापन गर्न सकेको खण्डमा अरु बिरामीको पनि उपचार गर्न सक्ने भयो नि,’ मन्त्रालयका गुणराज लोहनीले भने ‘तर प्रतिष्ठानलाई कोरोना अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय भएकाले कोरोनाका बिरामीको पनि उपचार गर्नु पर्यो।’ 

प्रकाशित: ७ जेष्ठ २०७७ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App