समाज

परीक्षा दिएर घर फर्केका बालक मृत भेटिए

नेपालगन्ज- बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना ललही गाउँका एक बालक मृत अवस्थामा फेला परेका छन्। नवज्योती इङलिस मिडियम स्कुलको कक्षा १ मा पढ्ने ९ वर्षका अरविन थारु मृत अवस्थामा शुक्रबार (आज) बिहान फेला परेका हुन्।

स्कुलमा परीक्षा दिएर घर फर्किदै गरेको अवस्थामा बुधबार उनी हराएका थिए। परीक्षा दिएर बिहान १० बजे स्कुलबाट फर्किएका बालक घरमा नपुगेपछि परिवारले दिउँसोबाट खोजी सुरु गरेका थिए। शुक्रबार बिहान बालकको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय धामपुरका अनुसार बालकको शव स्कुल र घरको बीचमा पर्ने पुलको तल फेला परेको हो। स्कुलको ड्रेससहितको शव र केही पर उनको साइकल फेला परेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ७ चैत्र २०७६ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App