समाज

‘अब फोन गर्न डाँडा चढ्नु पर्दैन’

फाइल तस्बिर

गोरखा - धार्चे गाउँपालिका ३ उहियामा नेपाल टेलिकमले टावर सञ्चालनमा ल्याएसँगै स्थानीयलाई फोन गर्न एक घण्टा हिडेर डाँडा काट्नुपर्ने बाध्यता हटेको छ। ‘हामीले शनिबारदेखि टावर छाडेका हौँ, एक हप्ता अघि केरौँजाको टावर पनि चलेको छ’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले भने ‘धार्चे गाउँपालिका भरी अब टेलिफोन चल्ने भएको छ।’

यसअघि उहिया, हुल्चुक लगायत ठाउँका स्थानीय गाउँमाथि एक घण्टा हिडेर डाँडामा पुग्नुपथ्र्यो। धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ भन्छन् ‘पहिले फोन नचल्दा वडा र गाउँपालिका बिच सम्पर्क हुन समस्या हुन्थ्यो, केही दिन भयो सजिलो भएको छ।’ दुर्गम ठाउँ भएकाले टावरमा समस्या देखिएपछि लामो समय मर्मत नहुने समस्या रहेको भन्दै बिग्रिए लगत्तै सुचारु गराउन सुझाव दिए।

केरौँजाको टावर सुचारु भएसँगै गुम्दा, लाप्राक, उहिया र केरौँजाका सर्वसाधारणले नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्न सक्ने भएका छन्। ‘दुर्गम ठाउँ भएकाले टावर चलाउन धेरै समय लाग्यो, प्राविधिक काम गर्न पनि समय धेरै खर्च गर्नुप-यो’ टेलिकम गोरखा शाखाका प्रमुख श्रेष्ठले भने ‘एक करोड भन्दा बढी खर्च लाग्यो।’

विद्युत अनिवार्य चाहिने भएकाले टावर चलाउन दुर्गम गाउँमा बत्ती पु-याउन धेरै खर्च लाग्ने गरेको उनले बताए। केरौँजाको टावरले भने आरुघाट गाउँपालिकाको केही क्षेत्र समेत समेट्नेछ। गाउँपालिकाले जनताको गुनासो सुन्न सञ्चालनमा ल्याएको ‘हेल्लो गाउँले प्रमुखु’ सेवा समेत त्यहाँका स्थानीयले फोन नचल्दा यस अघि प्रयोग गर्न पाएका थिएननन्।

गोरखामा ‘फोर जी’ इन्टरनेट सुरु
देशका ठुला शहरमा सुरु भएको फोरजी इन्टरनेट सेवा नेपाल टेलिकमले गोरखामा पनि सुरु गरेको छ। गोरखाका ५४ वटा टावरबाट ‘फोरजी’ इन्टरनेट सेवा चल्ने भएको हो। यस अघि ‘थ्रिजी’ इन्टरनेट सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम गोरखा शाखाले १३ वटा टावरबाट ‘फोरजी’ सुरु भईसहेको जनाएको छ।

‘गोरखामा नेपाल टेलिकमको ५५ वटा टावर छ’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले भने ‘तत्काल थप चार ठाउँबाट सेवा थप्नेछौँ।’ अन्य टावरहरुमा पनि सेवा बिस्तार गर्दै लैजाने उनले बताए। अहिले गोरखा नगरपालिका आहालेडाँडा, सदरमुकाम, टेलिकमको कार्यालय, दरबार क्षेत्रको रिपिटर टावर, हार्मीकोट, मनकामना, धावा, बिरेञ्चोक, घ्याम्पेशाल, मिरकोट, भच्चेक, बुंकोट,च्याङ्लीको टावरबाट सेवा सुरु भईसकेको छ। बोर्लाङ, आरुघाट, ताकुकोट, भुम्लिचोक लगायत ठाउँमा तत्काल फोरजी बिस्तार गर्ने योजनामा टेलिकम रहेको छ।

‘फोरजी २५० एमविपिएस् को स्पिडमा चल्छ’ कार्यालय प्रमुख श्रेष्ठले भने ‘थ्रिजी’ भन्दा धेरै छिटो हुनेछ।’ गाउँगाउँमा रहेको टावरबाट ‘फोरजी’ सञ्चालन गर्दा सहजै इन्टरनेट प्रयोग गर्न सकिने उनले बताए। टेलिकमको टावरमा जडान गरिएको थ्रिजी मेसिन भएको ठाउँमा फोरजी राखिएको हो। नेपालमा भित्रिएको प्रविधि मध्ये मोवाईलमा दु्रत गतीमा इन्टरनेट चलाउन सकिने नेपाल टेलिकमले लागु गरेको फोरजी नै अहिले सम्मको उत्कृष्ठ हो। बढ्दो ग्राहक संख्या र दु्रत गतिको इन्टरनेटको माग धेरै भएकाले ‘फोरजी’ सुरु गरिएको हो।

प्रकाशित: २० माघ २०७६ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App