समाज

नागरिककर्मी चामलिङ सम्मानित

नागरिककर्मी महेश्वर चामलिङलाई सम्मान गर्दै मुख्यमन्त्री शेरधन राई। तस्बिर ः नागरिक

उदयपुर – नागरिक दैनिकका उदयपुर संवाददाता महेश्वर चामलिङ सम्मानित भएका छन्। बिहीबार नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ महाधिवेशन उद्घाटनका अवसरमा नागरिककर्मी चामलिङलगायत विभिन्न जिल्लाका सातजनालाई सम्मान गरिएको हो।

चात उदयपुरकै वरिष्ट पत्रकार कौशल चेमजोङ, धरानका हर्ष सुब्बा, धनकुटाका सञ्जयसन्तोषी राई, विजयसन्तोषी राई र हिमा चेमजोङ सम्मानित भएका हुन्। उनीहरूलाई प्रदेश मुख्यमन्त्री शेरधन राईले जनही पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरे। लामो समयदेखि आमसञ्चारमाध्यममा रहेर समुदाय, देश र समाजका लागि पत्रकारितामार्फत विशेष योगदान दिएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको फोनिजका प्रदेश प्रमुख दिपीन राईले बताए।

कार्यक्रममा उदयपुरकै लिमचुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईलाई पनि फोनिजले सम्मान गरेको छ। जिल्लाको विकट भूभागमा पर्ने साविक सुनकोसी गाउँपालिकाको नाम परिवर्तन गरी किरात पहिचानमा आधारित ‘लिमचुङबुङ’ राख्न महत्वपूर्ण योगदान दिएको कदरस्वरूप अध्यक्ष राईलाई सम्मान गरिएको फोनिज उदयपुरका संस्थापक अध्यक्ष भोटराज राईले बताए।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App