समाज

कलंकी घटनाले लियो नयाँ मोड, बरामद हतियारबाट गोली नचलेको रिपोर्ट

फाइल फाेटाे

काठमाडौं - विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा बरामद भएका दुबै हतियारबाट गोली नचलेको रिपोर्ट बाहिर आएको छ। उक्त घट्नाको अनुसन्धानमा छिमेकी शोभाकर खनालको घरमा भेटिएका दुई हतियारको फरेन्सिक जाँचका लागि सामाखुशीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको र व्लाष्टिक रिपोर्टमा ती दुबै हतियारबाट गोली नचलेको उल्लेख भएपछि सो घट्नाले नयाँ मोड लिएको छ।

सोमबार साँझ शर्माको घरको सिसा एक्कासी फुटेको थियो। लगत्तै, गएर प्रहरीले त्यहाँ हेर्दा २.२२ एमएमको हतियारको गोली भेटिएको थियो । बरामद भएका दुवै हतियार खनालले मस्कोबाट ल्याएको बताएका थिए।  

अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शोभाकर खनाललाई सोधपुछका लागि केही समय नियन्त्रणमा लिएर छाडेको थियो। खनालको घरबाट बरामद दुई थान हतियार र ५० राउण्ड गोलीको विषयमा भने प्रहरीले वैज्ञानिक छानविन थालेको थियो।

प्रकाशित: १६ श्रावण २०७६ ०७:०१ बिहीबार

गोली हतियार रिपोर्ट