समाज

एसईईका दुई चर्चित अनुहारः कसको कुन ग्रेड ?

काठमाडौं– २०७५ सालको एसईई परीक्षामा चर्चित दुई अनुहारमध्ये एक हुन् शान्ता चौधरी। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक हुन् चौधरी।

चौधरीका अनुसार एसईईमा बि ग्रेड आएको छ। ‘बि ग्रेड आएको भन्ने सुनेको छु’ उनले नागरिक न्यूजसँग भनिन् ‘अहिले बाटोमा भएर हेर्न पनि पाएको छैन्।’ उनले नागरिक न्यूजसँग भनिन् ‘मेहनत अनुसार बि प्लस ग्रेड आउँथ्यो कि भन्ने थियो तर आएन, यसैमा चित्त बुझाउँछु ।’

चौधरीले खुला विद्यालय प्रणालीमा महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएकि थिइन्। उनले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसईई परीक्षा दिएकी थिइन्।

त्यसैगरि एसईईकी अर्की चर्चित पात्र हुन् नायिका करिश्मा मानन्धर। उनले बि प्लस ग्रेड ल्याएकी छिन्। मैतीदेवीको त्रिवेणी माविबाट ८ कक्षा भर्ना भएकी उनले डिल्लीबजारको विजय स्मारक मावि केन्द्रबाट एसईई परीक्षा दिएकी थिइन्।

प्रकाशित: १२ असार २०७६ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App