समाज

फ्लेम अवार्डको सर्टलिस्ट

काठमाडौं – रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले ११ औं फ्लेम अर्वाड एसिया २०१९ को आयोजना गर्ने भएको छ। कार्यक्रम ताज सान्ताक्रुजमा जुन १९ मा हुने तय भएको छ। एसिया महादेशमा रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया फ्लेम अवार्ड एसियालाई विषेश अवार्ड मानिन्छ।

अवार्डको लागि आएका तीन सयभन्दा बढी आवेदनबाट ग्रान्ड जुरीले अन्तिम चरणको लागि फिल्म छानेको हो। जुरी स्क्रिनिङका बारेमा टिप्पणी गर्दै रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाका सभापति राजकुमार झाले यो वर्षको सहभागिता उत्साहप्रद रहेको बताए। ‘अर्वाडको यस वर्षको संस्करणमा नयाँ विधाहरु थपिएको छ जसले विविध क्षेत्रलाई समेट्नेछ,’ झाले भने।

 

प्रकाशित: २ असार २०७६ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App