समाज

ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी

काठमाडाैँ - ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ। नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए।
 
यस्तै तीन उपाध्यक्ष पदका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ, पाल्साङ गुरुङ, रत्नप्रसाद दुलाल, गोविन्दप्रसाद पन्थ र सुनिता श्रेष्ठको उम्मेद्वारी परेको छ।  महासचिव पदका लागि धु्रव अधिकारी, सहदेव धमला र नारायण खनालको उम्मेद्वारी दर्ता भएको छ।

सचिव पदका लागि दवाङ तामाङ, बद्रीप्रसाद तिमल्सिना र रामचन्द्र गिरी तथा कोषाध्यक्ष पदका लागि रामकुमार थपलिया, पुण्यराम लागेजु र रामशरण ढकालको उम्मेद्वारी परेको छ। सदस्य आठ पदका लागि भने १८ को उम्मेद्वारी परेको पूर्वअध्यक्ष थपलियाले बताउनुभयो। शनिबार हुने निर्वाचनमा ८१२ ले मताधिकार प्रयोग गर्ने परिषद्ले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App