समाज

चिकित्सा शिक्षा विधेयकमाथि छलफल भएन

काठमाडौं – राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल गर्न बोलाइएको उपसमितिको बैठक कोरम नपुगेका कारण स्थगित भएको छ।

उपसमितिले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोलाएको थियो। उपसमितिमा मन्त्री पोखरेल पनि अनुपस्थित थिए। सोमबार अपराह्न २ बजे बोलाइएको बैठक एक घन्टासम्म कुरेर बसे पनि उपसमिति सदस्य र मन्त्री अनुपस्थित भएपछि बैठक मंगलबार बिहानसम्मका लागि स्थगित भएको हो।

१० जना सदस्य रहेको उपसमितिमा अन्जना विसंखे, हितबहादुर तामाङ्, उमाकान्त चौधरी, गगनकुमार थापा, एकल मियाँलगायत सदस्य अनुपस्थित भएपछि बैठक अर्को दिनका लागि सरेको हो। बैठक स्थगित भएपछि गगन थापा बैठक कक्षमा पुगेका थिए। उपसमितिले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन तयार गर्ने कामलाई अन्तिम रूप दिनका लागि बैठक बोलाएको हो।

प्रकाशित: १७ पुस २०७५ ०३:४७ मंगलबार

चिकित्सा_शिक्षा_विधेयक छलफल उपसमिति गिरिराजमणि_पोखरेल