जाजरकोट – दसैंका बेला देशका विभिन्न ठाउँहरूबाट नेपालगन्ज सुर्खेत हुँदै जाजरकोट फर्कने र जाजरकोट खलंगाबाट विभिन्न गाउँहरूमा फर्केने यात्रुहरूमाथि यातायात व्यावसायीको निर्मम हर्कत देखिएको छ। ५
सय भाडा तोकिएको दुरीमा १५ सय र ३ सय लिनुपर्ने दुरीमा १ हजारसम्म भाडा असुल्ने र तीन–चार घण्टामा पुगिने बाटोमा २० हजार बढी सम्म रिजर्भसम्मको रकम लिने गरिएको भएपनि स्थानीय प्रशासन, प्रहरी र सरोकारवालाले कुनै प्रतिक्रिया दिएको छैन्।
बाँके, सुर्खेतट,सल्यान र जाजरकोटको स्थानीय प्रशासन र प्रहरीले कुनै प्रतिक्रिया नदिएका कारण व्यावसायीहरूमा अराजकताको सीमा बढेको स्थानीयहरूको गुनासो छ।
टिकट नकाटने, गाडी बस पार्क नलगी जहाँ मन पर्यो त्यही स्थानबाट यात्रु बोकाउने र भाडा आफूले मनपरी तोक्ने तथा यात्रुले भाडा बढी भयो भनेपछि तपाई गाडी नचड्नुस भनेर थर्काउने समेत गरेका छन्।
प्रकाशित: ३१ आश्विन २०७५ १०:०० बुधबार