समाज

बालिका बलात्कारका अभियुक्त पक्राउ

दोलखा– ५ बर्षकी नाबालिका बलात्कार गरेको अभियोगमा तामाकोसी गाउँपालिका ६ च्यामाका ५१ बर्षीया कमल बजगाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनी करिब २५ दिन देखी फरार थिए। 

जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकका अनुसार भदौ तेश्रो साता गाउँमै छिमेकीको घरमा खाना खान गएका उनले छिमेकीकी नाबालिका छोरीलाई बलात्कार गरेका थिए। कोठामा बालिका चिच्याएको आवाज आमाले सुनेकी थिईन्। लगतै पैसा दिएर उपचार गराउने र मिलापत्र गर्न बजगाईले दबाब दिएका थिए। सोही राती बालिकाको रक्तश्राव नरोकिएपछि उनलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याईएको थियो। त्यही राती देखी बजगाई फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटिएको टोलीले दुई दिन अघि राजधानीबाट पक्राउ गरेको हो । 

प्रकाशित: १३ आश्विन २०७५ ०६:२७ शनिबार

बलात्कार अभियुक्त पक्राउ दोलखा