समाज

घुस लिएको आरोपमा ईन्जिनियर पक्राउ

बर्दिया– अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले गुलरिया नगरपालिका कार्यालयका सब ईन्जिनियरलाई मंगलबार पक्राउ गरेको छ। सेवाग्राहीसँग १० हजार घुस लिएको आरोपमा सहायक ईन्जिनियर रमेश गौतमलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। 

गुलरियास्थित बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यसम्पन्नको प्रतिबेदन प्रयोजन वापतको रकम लिँदा गौतमलाई नियन्त्रणमा लिएकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले जनाएको छ।

गुलरिया नगरपालिकाको योजना नभएकाले घुस लेन देन प्रकरण कार्यालयसँग सम्बन्धित नभएको नगरप्रमुख मुक्तिनाथ यादवले बताए। 

प्रकाशित: १५ श्रावण २०७५ १५:१० मंगलबार

घुस लिएको आरोपमा ईन्जिनियर पक्राउ