समाज

बाराबाट ९७ किलो गाँजासहित दुई जना पक्राउ

बाराबाट ९७ किलो लागू औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसरिमा उपमहानगरपालिका–२२ स्थित टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाइएको गाँजा बरामद गरेको जनाएको हो।

गाँजा ओसारपसारमा संलग्न रहेको  प्रयोग भएको बा।११ च।७०१२ नम्बरको कालो ग्रे रङको फोर्ड गाडी समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा चितवन राप्ती नगरपालिका–२ गडौलीका ३५ वर्षीय विष्णु लामा र भरतपुर महानगरपालिका–२४ सिद्धार्थ टोलका ४६ वर्षीय टेक बहादुर गुरुङ रहेका छन्।

बरामद सामानमा ९७ किलो गाँजा १८ पोकामा विभाजित गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ। यसअघि वरिष्ठ सई।कार्कीको टोलीले पुस २ मा १५ किलो गाँजासहित दुई जना भारतीय नागरिक र मंसिर २२ मा ६० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको थियो।

प्रहरी निरीक्षक तथा बारा प्रहरीका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठका अनुसार लागु औषध र अन्य आपराधिक क्रियाकलाप विरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएकाले बारामा अहिले चोरी तस्करी केही हदसम्म कम भएको छ।

प्रकाशित: ७ पुस २०८१ १७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App