नेपाल-भारत सीमा नदी महाकालीको पानी नेपालतर्फ ‘डाइभर्सन’ गर्दै गरेको अवस्थामा भारतीय एस्क्याभेटर र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्र वन नजिक महाकालीको पानी नेपालतर्फ ‘डाइभर्सन’ गर्दै गरेको अवस्थामा भारतीय एस्क्याभेटर र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीले भारततिर बाँध बनाउने क्रममा नेपालतर्फ पानी (डाइभर्सन) गरिएको बताए। उनले नेपालतर्फ बाँध बनाउँदा पनि भारततर्फ पानी (डाइभर्सन) गर्ने गरिएको बताए।
उनले भने, 'नेपालतर्फ बाँध बनाउँदा भारत र भारततिर बाँध बनाउने क्रममा नेपालतर्फ पानी लगाउने (डाइभर्सन) गर्ने गरिन्छ। हामीले बाँध बनाउँदा पनि भारततर्फ पानी डाइभर्सन गर्ने गर्दछौं। अहिले भारततर्फ बाँध बनिरहेको हुँदा यता डाइभर्सन गरिएको हो।'
प्रकाशित: ७ पुस २०८१ १४:५३ आइतबार