कैलाली प्रहरीले हिरासतमा रहेका थुनुवालाई थुनामुक्त गरिदिन्छु भन्दै रकम असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीलाई रकम लिँदै गर्दा धनगढी उपमहानगरपालिका-१ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्न हरूमा गौरीगंगा नगरपालिका-७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन्। उनीहरूले हिरासतमा रहेका लागुऔषध मुद्दाका एक थुनुवाको परिवारसँग भारतीय रुपैयाँ ३९,५०० लिएको खुलेको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा थुनुवालाई छुटाएपछि उनीहरुले थप रकम असुल्ने योजना बनाएको खुल्न आएको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित: ७ पुस २०८१ १४:४७ आइतबार