समाज

पहिचानवादी मोर्चाको ताप्लेजुङ संयोजकमा मादेन

पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन भएका छन्। मोर्चाको सहसंयोजकहरूमा श्री लिङिखम, डम्बर लाबुङ, सुरेश आवाजुङ, हर्क गुरुङ, पूर्ण पालुङवा र लोकेन्द्र तुम्बाहाम्फे रहेका छन्। 

यसैगरी, सदस्य सचिवमा सरोज कङलिवा, आर्थिक संयोजकमा कमला पालुङ्वा, विद्यार्थी विभाग प्रमुखमा सरगम शेर्पा र राम लिम्बू तथा युवा विभाग प्रमुखमा विरेन तबेबुङ र बिनोद बोखिम चयन भएका छन्। पहिचानवादी मोर्चामा जनता समाजवादी पार्टी नेपाल विभाजन पूर्वका जिल्ला नेता सामेल भएका छन्।

मोर्चाको कार्यालय समेत जनता समाजवादी पार्टी नेपाल विभाजन पूर्व कायम रहेको स्थानमै स्थापना गरिएको छ।जसपा नेपाल विभाजनपछि जसपा नेपालका केही जिल्ला नेताहरू भने अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीमा आबद्ध भएका छन्। मोर्चाको जिल्ला सल्लाहकारहरूमा कीर्तिमान मादेन, रत्न नुगो, खड्ग गुरुङ, रमेश मादेन र यादव ढकाल रहेका छन्। मादेन मोर्चाका संघीय सदस्य समेत हुन्।

मोर्चाका संघीय संयोजक प्रा.डा महेन्द्र लावती, सहसंयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा आर्थिक विभाग प्रमुख असिम पालुङ्वा, मोर्चाका कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बूवान प्रदेशका सदस्य सचिव केदार धिमाल र संघीय सदस्य कुमार साम्यूसहितको उपस्थितिमा मोर्चाको ताप्लेजुङ कार्य समितिमा जिम्मेवारी प्रदान गरिएको हो।

प्रकाशित: ७ पुस २०८१ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App