समाज

नौका विहारमा रुचि छ ? भक्तपुर आउनुस् (तस्बिरहरु)

काठमाडौं उपत्यकाका घना सहरी क्षेत्रभित्र सायदै व्यवस्था नहोला नौका विहार अर्थात् पोखरीमा डुङ्गा चलाएर लिने मनोरञ्जनको व्यवस्था। तर यतिखेर भक्तपुरका पाँच वटा ठूलाठूला पोखरीहरूमा यसको मज्जा लिन सकिने अवसर छ।

शुक्रबारदेखि सुरु भएको भक्तपुर महोत्सव २०८१ को क्रममा नगरका पाँच वटा ठूलाठूला पोखरीहरूमा यो सुविधा राखिएको छ। नगरको यातुबारे पुखू ।(कमलविनयक पोखरी), तः पुखू (ठूलो पोखरी), न्हुः पुखू (नयाँ अर्थात् रानी पोखरी) र भाज्या पुखू (पोखरी) मा नौका विहारबाट मज्जा लिन सकिने व्यवस्था छ। साथै नःपुखू ९पोखरी० भने वाटर साइकल अर्थात् पानी साइक्लिंगको व्यवस्था छ। 

कमलविनायक पोखरी भक्तपुर नगरको पूर्वमा पर्दछ भने बाँकी अन्य चार वटा पोखरीहरू नगरको पश्चिमतिर पर्दछ। कमलविनायक पोखरी भक्तपुरको नगरकोट बसपार्कसँगै जोडिएको छ। उता अन्य चार वटा पोखरीहरू भने भक्तपुरको दूधपाटी मिनिबस पार्क वरिपरि छन्।

भक्तपुर मिनिबस पार्क (भक्तपुर अस्पताल) बाट दुई चार मिनेट, दुई चार मिनेटकै पैदलबाट यी पोखरीहरू पुग्न सकिन्छ। यीमध्ये न्हु पुखू वा रानीपोखरी सल्लाघारी वीरेन्द्र सैनिक स्कुल नजिकै छ भने भाज्या पुखू भक्तपुर बहुमुखी क्याम्पससँगै जोडिएको छ। तःपुखू अर्थात् सिद्धपोखरी भक्तपुर क्याम्पस जाने द्वारको उत्तरमा पर्दछ भने नःपुखू  पश्चिमबाट भक्तपुर नगर प्रवेशद्वारमै छ। यसरी पाँच वटा पोखरीहरूमध्ये एउटा पोखरी पुग्नका लागि कमलविनायक बसपार्क अर्थात् नगरकोट बसपार्कमा पुग्नुपर्छ भने बाँकी चार वटा पोखरीहरू पुग्नका लागि दूधपाटी मिनिबस पार्क पुग्नुपर्छ।

भक्तपुर महोत्सवको क्रममा यहाँका पुराना कला, संस्कृति, जात्रा, पर्व, रहनसहन, जीवनशैली सबै देखाउने क्रममा पोखरीलाई पनि प्रयोग गरिएको हो। पोखरीकै कारणबाट पनि आन्तरिक तथा बाह्य पर्यटक तान्न सकिन्छ भनेर नगरपालिकाले पुराना पोेखरीहरुलाई जीवन्त बनाई त्यसमाथि थप मनोरञ्जनको उपाय अपनाएको हो। नगरका सानाठूला ३४ वटा पोखरीहरूमध्ये ठूलाठूला यी पाँच पोखरीहरूमा महोत्सवको क्रममा थप मनोरञ्जनका लागि नौका विहार वा वाटर साइक्लिंगको व्यवस्था गरी मनोरञ्जन दिलाउन खोजिएको छ। यसबाहेक बाँकी पोखरीहरूलाई भने चिटिक्क पारिएका छन्।

पोखरीमा रहेको नौका विहार वा वाटर साइक्लिंगको मज्जा लिनका लागि भने शुल्क तिर्नुपर्छ। भक्तपुरको कमलबिनायक पोखरी नजिकै बस्ने स्थानीय विकुराम तजलेले नौका विहारमा एक चोटि चढेर पोखरी घुम्न रु एक सय रुपैयाँ लिने गरेको बताए। अन्य पोखरीहरूमा पनि यसरी नै शुल्क लिने गरेका छन्।

भक्तपुर महोत्सवको क्रममा महोत्सव हेर्न आउने पाहुनाका लागि बाँकी भने निःशुल्क छ । प्रवेश शुल्क छ । तर महोत्सवकै क्रममा भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरी खेल मैदानभित्र भइरहेको व्यापार मेलामा प्रवेश गर्न भने शुल्क लाग्छ।

प्रकाशित: ३० मंसिर २०८१ १७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App