समाज

दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ।

जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडे पनि उनी रिहा हुने छैनन्। अदालतले प्रसाईंलाई आपराधिक लाभ लिन नहुने कसुरमा रिहा गर्न आदेश दिएको हो। यता संगठित अपराधमा भने उनीमाथि अनुसन्धान भइरहेको छ। 

प्रकाशित: २७ मंसिर २०८१ १६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App