समाज

छोराछोरी विद्यालय लैजान प्रयाेग गरिएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

सुर्खेतमा सरकारी सवारी दुरुप्रयोग गरी छोराछोरी लिएर विद्यालय पुगेकाहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिदैं । तस्विर : गोविन्द केसी/नागरिक

सुर्खेतमा ट्राफिक प्रहरीले सरकारी गाडीहरूको दुरुप्रयोग र नियम उल्लंघनको घटनामा कडाइका साथ निगरानी बढाएको छ। विद्यालयमा सरकारी नम्वर प्लेटका स्कुटी, मोटरसाइकल र गाडीहरू दुरुप्रयोग गरेर छोराछोरी आउजाउ गर्नेहरूमाथि सुर्खेतमा ट्राफिक प्रहरी कारबाही गरेको हो। सरकारी सम्पत्तिको दुरुप्रयोग गरी छोराछोरी बोक्ने त्यस्ता सवारी साधनहरूलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो।

ट्राफिक प्रहरीले विभिन्न निजी विद्यालयमा पुग्ने र लिने समयमा निगरानी गर्दा मात्रामा गाडीहरू दुरुप्रयोग भएको पाइएको जानकारी दिएको छ। सरकारी कर्मचारीहरूले कार्यालयको गाडी दुरुप्रयोग गरेको गुनासो बढेसँगै ट्राफिक प्रहरीले कडाईका साथ चेकजाँचलाई तिव्रता दिएको हो।  

पहिलो चरण एक दुई वटा निजी विद्यालयमा निगरानी राख्दा प्रहरीले मोटरसाईकल ७ वटा, गाडी १ वटा र स्कुटी २ वटा फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।

‘सरकारी नम्बर प्लेटका गाडीहरू विद्यालयमा छोराछोरी लैजान प्रयोग हुने गरेको गुनासो आएपछि निगरानी गरेका हौ ।’ सुर्खेतका प्रहरी निरीक्षक सुनारले भने, ‘अव निजी विद्यालयहरूले बोक्ने विद्यार्थीको अवस्था पनि हेरिने छ ।’  

यसका साथै, लाइसेन्सविना अटो चलाउनेको संख्या बढेसँगै दुर्घटनाको जोखिम र भाडा मनोवोली रूपमा लिने समस्यालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले निगरानी र जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। 

प्रकाशित: ६ मंसिर २०८१ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App