समाज

मुलुकभर चक्रवात “दाना” को प्रभाव, कोशीमा वर्षा

देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव परेको छ। चक्रवातको प्रभाव विशेषगरि कोशी प्रदेशमा परेको छ। कोशीमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानहरूमा अहिले हल्का वर्षा भइहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: १० कार्तिक २०८१ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App