समाज

नाबालिका करणी अभियोगमा ३७ वर्षीय पुरुष पक्राउ

ताप्लेजुङ प्रहरीले नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करणी अभियोगमा ३७ वर्षीय अशोक कुरुम्बाङलाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार कुरुम्बाङमाथि असोज २७ गते साँझ १७ वर्षीया नाबालिकालाई घरमा एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेको आरोप छ।

पक्राउ परेका कुरुम्बाङमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) अनुसार ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८१ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App