समाज

स्रोत नखुलेको ८ लाखसहित भक्तपुरबाट एक पक्राउ

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले रौतहटको गजुरा नगरपालिका वडा नं-४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ रातोपुलमा बस्दै आएका ३७ वर्षीय शशीकान्त चौलागाईंलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौलागाईंले बोकेको झोलामा स्रोत नखुलेको नगद ८ लाख ५० हजार रुपैयाँ, विभिन्न बैंकका एटिएम कार्ड र अन्य सामान फेला परेको छ। ती सामानहरू बरामद गरी चौलागाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्र.ना.उ. ढुण्डीराज नेउपानेका अनुसार चौलागाईंमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ 'क' अन्तर्गत हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १ कार्तिक २०८१ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App