समाज

बर्दियामा फरक तरिकाले मनाइयो प्रहरी दिवस

जिल्ला प्रहरी कार्यालय बर्दियाले नयाँ शैलीबाट अमर सहिदहरुलाई सलामी अर्पण गरेको छ।

६९ औँ प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा हिन्दु र मुस्लिम धर्म गुरुहरुको उपस्थितिमा सहिदहरुलाई सलामी अर्पण गरेको हो।

पहिलो पटक प्रहरी दिवसको अवसरमा हिन्दु र मुस्लिम समुदायका गुरुहरुलाई एकसाथ उपस्थित गराएर कार्यक्रम गरेपछि चर्चाको विषय बनेको छ।

सहिद सलामी अर्पण कार्यक्रममा हिन्दु धर्म गुरुहरुले स्वस्ती वाचन गरे भने मुस्लिम धर्म गुरुहरुले कुरान सरिफको सूरा वाचन गरेरको एसपी केदार खनालले बताए।

प्रहरी दिवसको अवसमा विभिन्न विधामा उत्कृष्ट प्रहरी कर्मचारीलाई समन्वय प्रमुख सूर्य विष्ट र प्रजिअ रुद्रादेवी शर्माले प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका थिए।

प्रकाशित: ३० आश्विन २०८१ १३:३८ बुधबार

#nepal police day #Bardiya